२०६९ सालले साचो अर्थ मा मेरो जीवन मा नया आयाम थप्न पुगेको छ . प्रसङ्ग यसपाली को काठमाडौंको सुखद अनुभूति हरु . यो अनुभव लाई ब्लग को रुप दिएर साथी हरु संग बाटना चाहन्छु म .अरु ले सुन्दा सायद यसलाई साधारण रुप ले बुझ्ने गर्नु हुन्छ होला तर मेरो लागि यो मेरो जीवन को अनुभव मा जोडिएको एउटा सुखद आयाम हो ..
यो प्रसङ्ग लाई यसरी जोड्न चाहन्छु यसपाली आमा को नियमित स्वश्य जाच को लागि म , आमा बहिनि भाइ लाई लिएर काठमाण्डौ गए . आमा को नियमित जाच त महत्वपूर्ण काम छदै थियो तर यहि बाट केहि इच्छा हरु बोकेर पनि हिडे म त्यो थियो आदरणीय गुरु डा.गोविन्दराज भट्टराई संग भेट्ने .यहाँ बाट हिड्दा वहा संग भेट्न हिच्किचाहट थियो कतै मन मा तर फेसबुक मा वहा को रेस्पोन्स देखेर अलि आट दरो बनाएर हिडेको थिए . आमा को नियमित स्वास्थ्य जाच संगै वहा लाई भेट्ने निर्णय पनि गरे . भेट भन्दा पहिले मैले वहा बाट लिखित केहि कृतिहरु किन्ने विचार गरे . वहा को पहिलो कृति मुग्लान त मैले पाए तर हालै बजार मा आएको सुकरात को डायरी पाउन सकिन बाध्य भएर मैले गोविन्द सर लाई नै फोन गरेर सोध्नु पर्यो वहा ले रत्न पुस्तक मा पाउछ भन्नु भयो अनि मैले हजुर लाई भेट्ने इच्छा छ भन्दा वहाले सहर्स स्विकार्नु भयो मैले सुकरात को डायरी रत्न पुस्तक मा किनेर वहालाई भेट्न किर्तिपुर को वहा को आवास मा भाइ बहिनि सहित पुगे वहा भेट्ने बितिकै नसोचेको प्रतिक्रिया पाए वहा जस्तो विद्वान ले हामी जस्तो झुसे लारे लुम्रे लाई दिएको यो माया अनि सम्मान ले वहा प्रति को स्रद्धा झन बढ्न पुगेको छ वहा को सामु म झन निहुरेको छु आदर ले . वहा ले यति टाढा बाट भेट्न आएका बहिनीहरु भनेर मेडम संग पनि भेट गराउनु भयो .यति मात्र होइन वहाको कोठा मा प्रवेश गर्ने बितिकै मलाई कता कता पबित्र मन्दिर मा प्रवेश गरेको भान भयो . वहा संग को बसाई बडो रमाइलो भयो मैले लागेको पुस्तक देखाये वहालाई. वहाले म नै उपहार को रुप मा दिन्थे भन्दा झन मन प्रफुल्लित भयो तर पहिलो भेट मा नै मैले कसरी हजुर को पुस्तक दिनुस भनेर भन्न सक्थे र ? त्यसैले मैले किन्नै उचित बुझेर २ वटा किताब किनेर लागेको थिए कारण मैले सुकरात को डायरी पढेको थिएन किनेर पनि किन भने दुवै पुस्तक मा वहा को हस्ताक्षर लागे पछि मात्र पढ्ने विचार थियो तर मैले मुग्लान भने सुनिसकेको थिए . समय निकै दिनु भयो सुकरात को डायरी देखेर वहा ले सुकरात को पाइला पढ्नु भयो भनेर भन्नु भयो मैले नपढेको ले छैन भने . वहाले सुकरात को डायरी सुकरात को पाइला को श्रीन्खला हो त्यसिले यो पढ्नु भन्दा पहिले सुकरात को पाइला पढ्नु होला भन्ने सुझाव दिनु भयो अनि सुकरात को पाइला र , गोधुली मा दश पाइला अर्को दिन बहिनि लाई उपहार दिउला तर वहा को यात्रा संस्मरण संगै बसौ यो रात वहा संग नभएको ले किन्न भन्नु भयो र आर्को दिन दिने बाचा गर्नु भयो . यो पलहरुलाई हामीले क्यामेरा मा कैद पनि गर्न भ्यायौ .वहा संग को यो बसाई बडो रमाइलो र अबिस्मरनिया बनेको छ मेरो लागि वहा को त्यो स्वागत अनि वहाको लेख पढ गर्ने कोठा देखेर म दङ्ग भए कस्तो पबित्र ठाउँ मा आएको जास्तो लाग्यो .वहा अग्रेजी का प्राद्यापक तथा विद्वान भए पनि एक शब्द पनि अंग्रेजी बोलीमा नमिसाई बोल्दा केहिना काम काम हरु ले टुटेफुटेको अंग्रेजी बोल्नेलाई जिस्काको जस्तो लाग्यो .मैले एउटा जिज्ञासा पोखे हजुर त अग्रेजी को प्राद्यापक अनि नेपाली मा लेखनु हुन्छ नेपाली भाषा साहित्य को लागि लागि पर्नु भा छ वहा को सब्द मा बहिनि अग्रेजी त आफै माथि छ नि यसमा हामीले गर्ने ठाउँ के छ र ? नेपाली भाषा को लागि पो गर्नु पर्छ त भन्नु भयो यसले मन छोयो मेरो . बसाई रमाइलो भयो अनुभव आदान प्रदान अनि चिनजान राम्ररी भयो पहिले वहाहरु को पुर्खा पनि हाम्रै गाऊ हुददै झापा अनि हाल काठमाडौं सम्म को यात्रा सुनाउनु भयो वह संग त हाम्रो मितेरी साइनो पनि पो परेछ वातावरण सहज बन्यो . वहा संग मलाई पनि ब्रिटिश आर्मी सम्बन्धि बिध्याबरिधि गर्ने इच्छा ब्यक्त गरे तर अग्रेजी भाषा मा दखल नहुनु मेरो इच्छा मा बाधक हो भने वहा ले भन्नु भयो मान्छे ले आट्यो भने के हुन्न र मान्छे मा केहि गर्ने इच्छाशक्ति भयो भने सबै कुरा सम्भव हुन्छ यदि यसको लागि बेलायत जानु चाहनु हुन्छ भने म सहयोग गर्न सक्छु भनेर मलाई हौस्याउनु भयो . मैले गर्न सक्नु नसक्नु त्यो अफ्नो ठाउमा छ तर मन म लग्यो संगत त ठुलै संग गर्नु पर्ने रैछ हरेक पाइला मा एक नया सिकाई , नया अनुभव . अन्तत मैले किताब किनेर लागेको सुकरात को डायरी र मुग्लान मा हस्ताक्षर गरिदिनु भयो . मलाई धेरै खुसि लाग्यो लगभग १ घण्टा को बसाई मा यी रमाइला अनुभव संगाली अर्को दिन मा पुन भेट गर्ने बाचा सहित हामी हिड्यौ वहा ले हिड्ने बेला मा अर्को दिन आउदा यहाँ बस्ने गरि आउनु है बहिनि भन्नु भयो . मन प्रफुलित भयो कुनै तीर्थ पुगेर हिड़ेको भान भयो . अन्ततः अनि त्यहाँ बाट बिदा लियौ .
पुन आफ्नो व्यक्तिगत काम मा लाग्यौ . २/३ दिन पस्चात फेरी कुरा भयो वहाले भन्नु भएको संगै बसौ यो रात किनेर वहा संग भेट्न बागबजार को रत्नपुस्तक नजिक को रेस्टुरेन्ट मा हामी पुग्यौ त्यहाँ सर संगै अरु २ जना पनि हुन्हुत्यो वहा ले छेउमा आएर बस्नु भन्नु भयो म वहा को छेउ को सोफा मा गएर बसे वहा ले अगी देखि नै बस्नु भएको पाको मानुभाव तिर देखाएर भन्नु भयो वहालाई चिन्नु भयो बहिने वहा बसाई उपन्यास का लेखक श्री लिल बहादुर क्षेत्री म त दंगै परे कहिले कल्पना नगरेको दुर्लब अनुभव गर्न पाउदा १५/२० वर्ष अगाडी हाम्रो कोर्स मा पढ्नु पर्ने बसाई उपन्यास का लेखक लाई भेट्न पाउदा. वहा ८० बर्सका बयोबृद्ध हुनु भा रैछ छोरि ज्वाई सहित काठमाडौं ब्च भ्रमण मा आउनु भएको रैछ .हामीले आफ्नो क्यामेरा मा यी दुर्लब अनुभव लाई कैद गर्न पनि भ्यायौँ गोविन्द सर ले भन्नु भयो यी तस्बिर हरुलाई फ्रेम गरेर राख्नु है बहिनि कहिले फेरी नदोहोरिन सक्छ .साचो अर्थ मा हो पनि म त्यसै नै गर्छु . वहा ले मलाई अन्तमा आफ्नो हस्ताक्षर सहित २ वटा पुस्तक सुकरात को डायरी र गोधुली मा दस पाइला उपहार दिनु भायो . .यो दुर्लव अनुभव अनि अवसर ले मेरो जीवन मा अलि उर्जा थपेको छ . मैले अब साहित्य पठन लाई समय दिने प्रण गर्दै अरु किताब पनि किनेर ल्याए जस्तै कर्ण शाक्य को सोच , जगदिश घिमिरे को अन्तर्मन को यात्रा . यी किताब हरु आब समय मिलाएर पढ्ने विचार मा छु . यसले पकै पनि मेरो ज्ञान लाई सागुरो घेरा बाट निकाल्ने छ .
अर्को अनुभव भनेको यसपाली भाई लाई पनि घुमाउनु पर्ने भएको ले धेरै वर्ष पछि नघुमेका अनि काठमाडौं को बसाई मा पनि कहिले नघुमेका ठाउँ को यात्रा पनि गरियो बिगत छ वर्ष को जागिरे जीवन देखि केहि समय निकाल्न यसपाली सफल भए अनि यी अनुभब पनि बटुल्न पाए . आर्को आनुभव भनेको यसपाली सोच्दै नसोची १ महँगो प्रविधि पनि हाथ लाग्यो जसको सुखद अनुभव गर्दा रमाइलो लागेको छ जसको सहयोग बाट यो प्रविधि हाथ लाग्यो उसलाई पनि धन्यवाद .