Tuesday, February 12, 2013

एउटा बेनाम पत्र .............२























 

dear............
आज फेरी तिमीलाई सम्झे हुन त बिर्सेको नै  कहाँ छ र अनि बिर्सनु पनि कसरि ? तिमीले दिएको झुटो माया को आस्वासन  लाई पनि साचो सम्झेर स्विकारे अनि तिमिले दिएको घाऊ लाइ पनि तिम्रो चिनो सम्झेर सम्हालेर राखेको छु नै . तर आज को तिमि प्रतिको सम्झाई अलि बिषेस सन्दर्भ मा छ त्यो हो प्रणय दिवस (valentine's Day) . 
      तिमि संग भेटेको पनि आधा दशक भयो . तिमि संग भेटे पछि को हरेक वर्ष को यो दिन लाई मैले एउटा उत्सब को रुपमा लिए मलाई थाहा छ यो दिन तिम्रो लागि कुनै अर्थ राख्दैन थियो तर पनि मैले यसै भ्रम मा बाच्न चाहे आफैलाई झुक्याएर  अब त झन् समय अनि परिस्थिति बदलिसकेको छ त्यसैले थाहा छ तिमि भोलि ब्यस्त छौ तिमीलाई फुर्सद नहोला किन भने  प्रणय दिवस हो घुम्न जान्छौ होला आफ्नो मान्छे संग हामी त बाहिर को मान्छे . तिम्रो तर्फ बाट म प्रति यस्को कुनै अर्थ नहोला तर मेरो लागि  यसको धेरै अर्थ लाग्छ ...यसैको सेरोफेरो मा जिन्दगी घुमेको छ . जे होश मेरो जिन्दगीमा जे भए पनि यो सुभ अवसरमा यहि सुभकामना छ सधै साचो माया पाउनु अनि साचो माया गर्नु मेरो भाग को माया पनि तिमीले पाउनु अनि दिनु तिमीले माया को लागि कहिले तड्पिनु नपरोश म जस्तो ....सायद मैले अन्जान मा कसैको माया को अपमान गरेको थिए होला अन्जानमा कसैको चित्त दुखाएको थिए होला त्यसैले आज मैले यो दिन देख्नु पर्यो . यसो बाहिर बाट हेर्दा सबै पुरा देखिए पनि केवल आत्मा बिना को खोक्रो सरीर लिएर बाचेको छु ....सायद मैले यो आत्मालाई अन्तै जिम्मा लगाएको छु ...सुन्दा कहानी जस्तो लागे पनि यो बास्तबिकता संग मैले बाच्नु परेको छ . जे होस् बाच्नु त छ नै जिन्दगी सजाय नै किन नहोश मैले आफुलाई तिम्रो सम्झना को बन्दी बनाएको छु कहिले नउम्किने . तिमिलाई या जो कोहि लाई पनि मेरा यी कुराहरु वाहियात लाग्न सक्छन केहि हद सम्म सहि पनि हो म तिम्रो ठाउँ मा भएको भए म पनि यहि सोच्थे तर मैले बुझेर पनि बुझ पचाएको छु मैले आफैलाई ढाटेको छु .......सायद मेरो यो अबुझाई ले तिम्लाई असजिलो पनि बनाएको छ होला किन भने आजकल समय संगै  म अलि स्वार्थी भैदिएको  छु मलाई जे मा खुसि लाग्छ त्यहि गर्दै आएको छु तिम्लाई असजिलो बनाएर यस्को लागि म तिमि संग माफी माग्छु , जे होश जे भने पनि भोलि को दिन को पहिलो सुरुवात तिम्रो बोलि सुनेर सुरु होशभन्ने मेरो चाहना छ बिगत ४/५ वर्ष यता मैले तिम्रोबोलि नसुनी यो दिन सुरु गरेको छैन तिम्ले नगरे पनि मैले गरेको छु तर परिस्थिति आज त्यस्तो छैन आज त मैले केवल आश मात्र गर्न सक्छु अनि पर्खाई त हो मेरो जिन्दगी को पर्याय नै पर्खाई भनेको छ कहिले नटुंगिने पर्खाई अनि पर्खाई . तिमि कल गर्दिनौ भन्ने थाहा पाएर पनि मेरो पर्खिने बानी को सेरोफेरो मा यो जिन्दगी चलेको . .....मलाई थाहा छ तिमि ब्यस्त छौ अनि धेरै जिम्मेदारी बाट थिचिएको छौ म भनेको त केवल निमन्त्रणा नदि आउने पाहुना मात्र त हो हो ....तर पनि यी सबै बुझाई हरु तिम्रो सम्झना , तिम्रो उपस्थिति को अपेक्षा अनि यो गन्तव्यहीन मायामा आएर टुंगिन्छ कहिले काही सोच्छु म मेरो सम्झना शक्ति गए पनि हुन्त्यो ति अतितका सबै कुराहरु नामेट हुने गरि , कहिले सोच्छु यो महसुस गर्ने मुटु पनि बदलिन पाए हुन्थ्यो , हिले सोच्छु यो सरीरमा पनि कप्युटर को कि बोर्ड मा भए जस्तै डिलिट बटम भए हुन्थ्यो दिमाग मा भएका अनावस्यक कुराहरु फाल्न हुन्थ्यो तर यी सबै कल्पना मात्र हुन्छन म आफैलाई सम्हाल्न सक्दिन पागल हुन्छु ............... तिम्लाई यस्ता वाहियात कुरा सुन्न पनि समय छैन मलाई यो पनि थाहा छ तर यसै गरि दिन गनेर र दिन ,महिना, साल मैले बिताएको छु सायद मेरो जिन्दगी को नियति नै पर्खाई हो यसमा तिम्रो कुनै दोश पनि छैन म संग तिम्रो कुनै प्रतिबद्ता पनि छैन यो दोश केवल मेरो हो बास्तव मा किन भने यसमा तिम्रो होइन मेरो स्वार्थ छ यहि परिकल्पना भित्र मैले बाच्न र आफैलाई बचाउन खोजेको छु . अनि मैले अलिकति पनि मेरो सास लाई चलाउन खोजेको छु . केहि हद सम्म मैले आफ्नो सीमारेखा लाई पनि नाघेको छु सायद यसले तिमीलाई नराम्रो तुल्याएको पनि हुन सक्छ यो पनि मानवीय गुण भन या अवगुण.  यो सिलसिला दिर्घकालिन छैन भन्ने कुरा पनि मलाई थाहा छ तर पनि मैले यो सम्बन्ध लाई मैले गरेको चोखो माया को दावालाई मैले आफै धमिल्यौना खोजेको छु यस्को हेक्का छ मलाई  .......हुन त म संग सम्बन्ध राख्नै पर्ने बाध्यता छैन तिमीलाई अनि केहि समय पछि यो समाप्त पनि हुन्छ परिस्थितिका साथ अनि यसले तिम्लाई केहि फरक पनि पार्दैन यो कुरा तिमीले मौखिक अनि लिखित रुपले व्यक्त पनि पहिले गरिसके को छौ अनि व्यवहार ले पनि देखाई सकेका छौ ....तर पनि मन ले मान्दैन म त केवल तिम्रो दया को पात्र बनेको छु संसार भरि बाडेर केहि बाकी रहे पछि तिम्रो दया को १ मुठी समय यता पनि खुल्छ कि भन्ने आशा लागिरहन्छ आखा खुल्ने बितिकै अरु केहि नगरी हरेक पल मोवाइल हेर्नु , मेस्सेज हेर्नु  मेरो दिनचर्या भएको छ म यसैगरी चलेको छु मेरो सास यसैगरी चलेको छ अनि यो दिर्घकालिन छैन तर पनि यो पर्खाई अनि यो छटपटी मा मैले बाच्न चाहे. यसलाई मेरो नियति भन ,मेरो लेखान्त भन ,  मेरो भाग्य भन या मेरो इच्छा जे नाम देउ यो भने कटु सत्य नाइँ हो मेरो जीवन मेरो दिनचर्या तिम्रो दया मा चलेको छ . मलाई थाहा छ तिमि प्रतिको मेरो यो अपेक्षा ले  तिम्रो परिवार प्रतिको इमान्दारी अनि तिम्रो परिवार प्रति को निष्ठा बाट अलिकति खोस्ने दुसाहस गरेको छ..यसको लागि मा माफी चाहन्छु .................लत आज लाई बिदा भोलि को दिन सुभ रहोस् तिम्रो लागि मेरो तर्फ बाट धेरै धेरै माया जुन माया को तिम्लाई आवस्यकता छैन  ......जे भए पनि यो मेरो पक्ष हो ....अनि मेरो चाहना . ल  आजलाई बिदा .

.........उही तिमीलाई मन नपरेको मान्छे