काठमाडौँका सबै ठूला र चर्चित मन्दिर, मठ मल्ल वा लिच्छवि शासनकालमा बन्यो। यी प्यागोडा शैलीमा बनेका छन्। पछि खस बाहुन क्षत्रीको समेत काठमाडौंमा जनसंख्या बढ्यो। अहिले आएर प्यागोडा शैलीको मन्दिरलाई समेत पहाडे खस बाहुन क्षत्रीको संस्कृतिको हिस्सा भन्न थालियो। जबकि वास्तविकता के हो भने लिच्छवि (अहिलेका नेवारभित्रका केही जात)को कला र सभ्यतालाई खस बाहुन क्षत्रीले निरन्तरतामात्र दिएका हुन्।
अर्को कुरा नेवार आफैंमा एउटा जात होइन। शाह राजाहरुले काठमाडौं विजय प्राप्त गर्नुअघि काठमाडौंमा बस्ने सबै नेवार भए। नेवारभित्र नै अर्को वर्ण व्यवस्था छ। नेवारभित्र विभिन्न जातजातिका तह छन्। राजोपाध्याय र वज्राचार्यदेखि पोडे, च्यामेहरुको हैसियत र फरक जातीय पहिचान छ। त्यतिबेला बाहिरबाट आएका खसहरु नै पनि नेवार भनेर चिनिन्थे कि भन्ने तर्कसमेत छ। चाहे नेवार वा खस बाहुन क्षत्री, दुवैको संस्कार र संस्कृति भनेको नेपाली हो।
मल्ल वा लिच्छवि राजाहरुले नै बनाएका मन्दिरलाई खस बाहुन क्षत्रीले आफ्नो भनिदिए। पाटनको कृष्ण मन्दिर होस् वा पशुपतिनाथ, चाँगुनारायण होस् वा स्वयम्भुनाथ। यी सबै धरोहरलाई बाहुन क्षत्रीले आफ्नो ठानी सहजरूपमा स्वीकारिदिएका हुन्। तथ्य के हो भने काठमाडौंमा पृथ्वीनारायण शाहले विजय प्राप्त गर्नुअगाडि नै हिन्दु धर्म संस्कृतिको व्यापक प्रचार भइसकेको थियो। मल्लकाल र लिच्छविकालमा काठमाडौं खाल्डोमा हिन्दु मन्दिर र धर्मको अद्भूत विकास भयो। पाटन, वसन्तपुर र भक्तपुरका अधिकांश हिन्दु संरचना मल्लकाल र लिच्छविकालको योगदान हो। अचेल केसमेत सुनिन्छ भने शाहवंशका राजाहरुले काठमाडौं उपत्यकाबासीलाई आफ्नो धर्म अर्थात हिन्दु धर्म थोपरिदिए। यो सुन्दा इतिहासका विद्यार्थीलाई विरक्तै लाग्दो हो। खस बाहुन क्षत्रीलाई खुइल्याउने नाममा तथ्यलाई यो तहसम्म तोडमोड गर्दा भविष्यमा अन्य समुदायका हकमा समेत यस्तै तर्क हुन थाल्यो भने त्यतिबेला के गर्ने?
खासमा यस्ता सबै धरोहर नेपाली संस्कृति र सभ्यताको अभिन्न हिस्सा हो, कुनै विदेशी शासक वा देशभित्रकै शोषकले लादेका विषय होइनन्। यो नेपालीपन हो। नेपाली भूमिभित्र भएको विकास र संस्कृतिको जगेर्ना जसले गरे पनि त्यसको स्वागत गरिनुपर्ने हो। खस बाहुन क्षत्रीलाई गाली गर्दै आफ्नै इतिहासप्रति गर्व गर्न नसक्नु दुर्भाग्य हो। लिच्छवि र मल्लकालीन वैभव सम्पदाहरुलाई समेत खस अहंकारवादमा लगेर अवमूल्यन गर्दा लिच्छवि र मल्ल राजाका सन्तानको पनि अवमूल्यन भएन र? खासमा एक समुदाय र अर्को समुदायबीच विरोध जरुरी नै थिएन र छैन। काठमाडौंको उच्च विकसित संस्कृतिको हालसम्मको निरन्तरताले आधुनिक नेपालका शासकहरुले संस्कृतिको सम्मान गरेको देखाउँछ।
पछिल्लो समय नेपालका शासकहरुको विरोधमा 'एक भेष' प्रवर्धनको चर्चा खुबै सुनिन्छ। दौरा सुरुवालको प्रसंग जोडेर खस बाहुन क्षत्रीको अन्धाधुन्ध विरोध हुने गरेको छ। अचेल चर्को रूपमा सुनिने दाबी मान्ने हो भने यो पोशाक पृथ्वीनारायण शाहले जबर्जस्ती अरूमाथि थोपरेका हुन्। तर संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार दौरा–सुरुवाल–टोपी हजारौँ वर्षदेखि नेपालका विभिन्न जातिको नमुना मिसिएर विकसित भएको हो। दौरा सुरुवाल देखाएर संस्कृति र सभ्यताको क्षेत्रमा बाहुन क्षत्रीले आफ्नो सभ्यता अरूमाथि लादे भन्नु र एकल जातीय सांस्कृतिक प्रचलन चलाए भन्नु सरासर गलत तर्क हो। नेपालका सबै जनजातिको पोशाक र दौरामा धेरै समानता भएको तथ्य किन भुल्ने?
देश सबैको साझा हो। हामीले नेपालीपन र नेपालको पहिचान सुदृढ गर्न जरुरी छ। खास यो देशमा बाहुन क्षत्री र अन्य साना समूहको संस्कृतिले बराबर चर्चा र महत्व पाउनुपर्छ र पाएको पनि छ। पूर्वमा साम्लो, ख्याली जस्ता लोकसंस्कृति प्रसिद्ध छन्। यी कुनै पनि संस्कृति खस बाहुन क्षत्रीका होइनन्। लिम्बू राई समुदायमा लोकप्रिय यी संस्कृतिलाई बाहुन क्षत्रीले समेत आत्मसात् गरेको पाइन्छ। त्यस्तै देशको मध्य भेगको संस्कृतिलाई नेवारी सभ्यताले ओझेलमा पारेको छ। काठमाडौंका हिन्दु मन्दिरदेखि बौद्ध गुम्बासमेतमा नेवारी संस्कृति र सभ्यताको झल्को आउँछ। यस्तै तामाङ सेलो पनि प्रसिद्ध छ। पश्चिममा चाहे सरकारले होस् वा निजी क्षेत्रले, घले र गुरुङ संस्कृतिलाई राज्यले पर्यटक आकर्षण गर्नका लागिसमेत प्रवर्धन गरेको देखिन्छ। यसरी सुदूरपश्चिमको देउडा संस्कृतिबाहेक नेपालमा संस्कृतिमा बाहुन क्षत्रीको सभ्यता र संस्कृतिको उपस्थिति खासै देखिन्न।
जहाँसम्म भाषाको सन्दर्भ छ, नेपाली भाषा आफैँ विभिन्न जनजाति भाषाहरूको शब्द र लवज मिसिँदै धनी भइरहेको छ। आज नेपालको सुदूरपश्चिमको एउटा खसले बालेको स्थानीय भाषा, डोट्याललगायतका भाषाहरु सुदूर पूर्वको खसले नै बुझ्दैन। प्रशस्त गैरखसहरूले योगदान गरेर यसलाई आफ्नो बनाइसकेका छन्। खस समुदायको आफ्नै पुरानो भाषा त उपेक्षित र कर्णाली क्षेत्रमा मात्रै सीमित छ। थुप्रै ठाउँबाट लाहुरे हुन जानेहरूबीच साझा सेतुको काम नेपाली भाषाले गरेको थियो। अहिले पनि देश/विदेशका सबै नेपालीलाई जोड्ने, घुलमिल गराउने र साझा पहिचान दिने काम गरिरहेको छ नेपाली भाषाले। आआफ्ना सामुदायिक पहिचान र विविधताको सुन्दरता छँदैछ। तर विविधता भएको देशमा सबैलाई उनेर र राष्ट्रिय माला बनाउने साझा पहिचान झन् आवश्यक हुन्छ।
भगवानकै मूर्तिहरुका सवालमा समेत बाहुन क्षत्रीको परम्परागत संस्कृतिलाई जनजातिको संस्कृतिले ओझेलमा पारेको देखिन्छ। पूर्वतिरका बाहुन क्षत्रीले त बूढा सुब्बालाई नै शिव मानेका छन्। जबकि तथ्य के हो भने बूढा सुब्बा किराँतहरुको इष्ट देवता हुन्। सुदूरपूर्वका बाहुन क्षत्रीले पूजा गर्ने अर्धनारेश्वर शिव देशको अन्य भूभागमा देखिन्न। सबै खस बाहुन क्षत्रीले बौद्ध तीर्थस्थलमा जाँदा शिर झुकाएर श्रद्धा व्यक्त गरेकै देखिन्छ। यस्तो उदार पक्षलाई चटक्क भुलेर खस बाहुन क्षत्रीलाई एकोहोरो गाली गर्न किन उक्सिएको छ समाज?
नेपालमा मनाइने चाड पर्व पनि यस्तै सामुदायिक घुलनबाट विकसित भएका छन्। दशैँमा लगाइने रातो चामलको टीकामा सेतो चामलको टीका र रातो रंगको मिश्रण विभिन्न सभ्यताको मिलनकै फल हो। नेपालमा मनाइने धर्म र चाडपर्व अन्यत्रभन्दा फरक छन्। धेरै समुदाय र धार्मिक चलनहरूको मिसावट पाइन्छ। यस कारण धार्मिक विवाद पनि धेरै देखिँदैन। बरू कर्णाली क्षेत्रको खस सभ्यता र ऐतिहासिक खस साम्राज्यबारे धेरै नेपालीलाई थाहा छैन। यो साम्राज्य ठूलो भूभागमा फैलिएको शक्तिशाली र सम्पन्न थियो। यसका अवशेष अहिले पनि भेटिन्छन् तर तिनको संरक्षणमा कुनै ध्यान दिइएको छैन। खस समुदायको पहिचान आफैँ संकटमा परेको छ।
पहाडे खस बाहुन क्षत्री सबै शासक भन्ने राजनीतिक आरोप/प्रत्यारोपले सत्य छोपिन हुन्न। उदेकलाग्दो कुरा त के भने प्यागोडा शैलीमा बनेका मन्दिरलाई समेत पहाडे क्षत्री बाहुनले लादेको संस्कृतिका रूपमा चित्रण गर्न खोजिँदैछ। नेपालको कुनै पनि अधिकार आन्दोलन त्यसका अभियानकर्ता बन्नुहुँदैन। अब बाहुन क्षत्रीमाथिका झुटा आरोपको विपक्षमा खुलेर बोल्ने बेला भएको छ।
जातीय छुवाछूत प्रथालाई नेपालमा वैधानिकता दिने जयस्थिति मल्ल लिच्छवि राजा थिए अर्थात अहिलेका नेवारभित्रका कुनै समुदाय थिए। त्यस्ता नियम लेख्न खटाइएका भारतबाट झिकिएका तिरहुत बाहुन थिए। पहिले नेपाली खसमा जाति प्रथा थिएन। नेपालका अन्य समुदायमा जस्तै खसहरूमा पनि जाति प्रथा बाह्य प्रभावको नतिजा थियो। त्यही जातीय प्रथाको मारमा नेपालका खसहरु पनि परे। धेरै बाहुन दलित भए वा कतिपय त अहिले पनि हुने क्रममा होलान्। आफैंलाई दलित बनाउने जातीय प्रथा खस बाहुन क्षत्रीहरुले लागु गरे होलान त? जहाँनिया शासन चलाउनका लागि केही राणाहरुले यसको प्रवर्धन गरे होला तर यससँग सम्पूर्ण पहाडे खस बाहुन क्षत्रीलाई जोडेर गाली गर्नु बेतुकका कुरा हुन्।
इतिहासका सबै कुरा ठोकुवा गर्न सकिँदैन। कति कुरा खोजकै विषय हुन्छन्। शाह राजाहरू मगर समुदायबाट सुरु भएको हुनसक्ने पनि मत छ। भारतबाट फैलिएको जातीय प्रथाको कारण राजाहरूले वंश लुकाएको वा परिवर्तन गरेको पनि हुनसक्छ। यस्तै रहस्यहरू एकेडेमिक खोजका विषय हुन्, यिनलाई राजनीति र सामाजिक विवादको विषय बनाइनु हुँदैन।
नेपालको विशेषता के हो भने यो नेपालीहरूको एकमात्र घर हो। नेपालमा बस्ने विभिन्न समुदायबीच अन्तरघुलन, बिहेबारी र सांस्कृतिक आदान–प्रदानको लामो परम्परा छ। बसोबास पनि देशैभर मिश्रित छ। यो त हाम्रो सुन्दरता पो हुनुपर्ने। तर आजकल यसैलाई कुरूप पार्ने कोसिस हुँदैछ। आफ्नो अधिकारको नाममा अरूलाई असुक्षित बनाउने, भड्काउने, गाली गर्ने र नस्वीकार्ने अतिवादी क्रमलाई सबै मिलेर रोक्नुपर्छ। आफ्नो पहिचानका नाममा अरूका पहिचानमा आक्रमण गर्ने र सधैँ आक्रामक स्वभावमा प्रस्तुत हुँदा त्यसले बढाउने शंका र दूरी हाम्रै लागि हानिकारक छ। खस बाहुन क्षत्रीले अरुको धर्म संस्कृति र परम्पराको सम्मान गर्ने तथा अन्य जातजातिले उनीहरुको उदारपनको सम्मान गरेर हामीले नयाँ सन्दर्भमा नेपालीपनको जगेर्ना गर्न जरुरी छ।
नेपाली समाजको सुन्दर पक्ष र हाम्रो सामाजिक घुलमिलले शान्ति, सौहार्› र समझदारीको माग गर्छ। नेपालको विशेषता नै ध्वस्त पारेर विग्रहित समाजमा के कागजमा लेखिने राजनीतिक अधिकारचाहिँ सुरक्षित हुन्छ र? सबै मिलेर, सबैलाई विश्वासमा लिएर, सबैलाई सुरक्षित र एकै भएको भावना बुनेर विकसित परिवर्तन मात्रै दीगो हुनसक्छ। अरूलाई एकोहोरो आक्रमण गर्ने उग्रताले गर्दा दीर्घकालीन हानि गर्ने सङ्केत हामीले पाइसकेका छौँ।
- See more at: http://nagariknews.com/opinion/story/66082.html#sthash.lwuPMqoM.dpufमल्ल वा लिच्छवि राजाहरुले नै बनाएका मन्दिरलाई खस बाहुन क्षत्रीले आफ्नो भनिदिए। पाटनको कृष्ण मन्दिर होस् वा पशुपतिनाथ, चाँगुनारायण होस् वा स्वयम्भुनाथ। यी सबै धरोहरलाई बाहुन क्षत्रीले आफ्नो ठानी सहजरूपमा स्वीकारिदिएका हुन्। तथ्य के हो भने काठमाडौंमा पृथ्वीनारायण शाहले विजय प्राप्त गर्नुअगाडि नै हिन्दु धर्म संस्कृतिको व्यापक प्रचार भइसकेको थियो। मल्लकाल र लिच्छविकालमा काठमाडौं खाल्डोमा हिन्दु मन्दिर र धर्मको अद्भूत विकास भयो। पाटन, वसन्तपुर र भक्तपुरका अधिकांश हिन्दु संरचना मल्लकाल र लिच्छविकालको योगदान हो। अचेल केसमेत सुनिन्छ भने शाहवंशका राजाहरुले काठमाडौं उपत्यकाबासीलाई आफ्नो धर्म अर्थात हिन्दु धर्म थोपरिदिए। यो सुन्दा इतिहासका विद्यार्थीलाई विरक्तै लाग्दो हो। खस बाहुन क्षत्रीलाई खुइल्याउने नाममा तथ्यलाई यो तहसम्म तोडमोड गर्दा भविष्यमा अन्य समुदायका हकमा समेत यस्तै तर्क हुन थाल्यो भने त्यतिबेला के गर्ने?