Dear ...............
मलाई थाहा छैन मैले तिमिलाई कसरी सम्बोधन गरु बिगत ५ वर्ष यता सायद मैले तिमिलाई कहिले तिम्रो नाम ले बोलायिन जुन नाम ले बोलाए त्यो नाम अब सायद त्यो नाम ले बोलाउन अधिकार छैन अनि सुहौदैन पनि होला तर यो सत्य हो मन मनै त त्यहि नाम लिन्छु अनि मेरो हरेक सास अनि ढुकढुकी ले यहि नाम दोहोर्यौछ दिन रात . यति दिन सम्म तिमि सम्पर्क बिहिन भयौ सायद म तिम्रो जिन्दगीमा कुनै ठाउँ बनाउन सकिना होला . मैले आफैलाई सम्हाल्ने धेरै प्रयास गरे दिन ,हप्ता, महिना हुदै बर्ष पनि बित्यो तर म आफैलाई सम्हाल्न सकिन न मेरो मन लाई अन्त कतै मोड्न सके त्यसैको फलस्वरुप धेरै दिन ले म तिमीलाई मिस्ड कल गरि रहेको छु ; पहिले कहिकाहिँ गर्थे अहिले यस्को मात्रा बढेको छ अनि तिमि पनि प्राय फर्कौछौ यस्ले मेरो हौसला बढाएको छ त्यसको लागि धन्यबाद. यो मिस्ड कल ले तिम्रो उपस्थिति गराउछ अनि जलेको मन लाई सितलता दिन्छ . हुन त तिम्रो लागि यस्को कुनै अर्थ नहुन सक्छ यो तिमीले बिगत मा साबित गरिसकेको छौ तर मेरो लागि सबै नै थोक बनेको छ यसैले मेरो ढुकी ढुकी चलेकको छ . कदाचित तिम्रो बोलि सुन्न नपाए पनि यसैको आवाज ले म चलायमान छु तर म त्यति स्वार्थी पनि हुन सक्दिन छुइन पनि नहुने कोशिस गर्छु पनि , कहिँ मेरो क्रियाकालापले तिमिलाई असजिलो त बनाएको छैन ? यदि त्यस्तो भएको भए मलाई माफ गर्नु अनि मलाई अप्ठ्यारो नमानी भन्न सक्छौ .....तिमि ले तिम्लाई लागेको महसुस गरेको कुरा भन्नै पर्छ यो बानी सुधार भन्ने मेरो अनुरोध किन भने तिम्रो मौनता ले आज यो घटना घटन पुग्यो . तिमिलाई असजिलो बनाउने मेरो आसय होइन .तिमि सधै भन्छौ तिमि अलि बुझ्ने मान्छे. हुन सक्छ केहि हद सम्म म अरुलाई त बुझुला त आफ्नो मन ले अनि मस्तिष्कले पनि धोका दिन्छ , नियन्त्रण बाहिर जान्छ मैले म आफ्नो पागलपन बाट बाहिर निस्कन सकेको छैन तर तिमि होस् म छौ तिमि मलाई सम्झाउन सक्छौ , हाकी भन्न सक्छौ . मैले धेरै पटक आफ्नो गल्तीहरु दोहोर्याएको छु यसको हेक्का छ मलाई यसले तिम्रो नज़रमा मेरो लागि कस्तो छबि बनेको होला भन्ने पनि कल्पना गर्न सक्छु .
Dear ......... माया भन्ने स्वार्थ मात्र होइन रैछ भन्ने कुरा यो १/२ वर्ष मा थाहा पाए पहिले तिमि संग जीवन बिताउने लोव तथा तिमिसंग जिन्दगी को सपना बुनेको थिए होला तर तिमि आफ्नो बाटो लाग्यौ मलाई दोबाटो मा छोडेर तर मैले कुनै बाटो रोज्न सकिन. यति वर्ष बित्यो तर पहिले तिमि प्रति जस्तो माया थियो त्यो माया अझ गाढा भए को छ यसमा मेरो कुनै स्वार्थ छैन यसो भनेर तिमि लाई प्रभाबित बनाउन खोजेको होइन त्यस्तो सोचेर मेरो माया को उपहास नगर किन भने मैले माया लाई पूजा सरि लिएको छु .तिम्रो त्यहाँ को समय मैले आफ्नो मोबाइलमा राखे को छु त्यो घडीको समय संगै मेरो जिन्दगी चलेको छ .पहिले देखि मैले भने कै हो म तिम्लाई टाढै देखि माया गर्न चाहन्छु नदेखी नभेटी सधै जुनी भर लाई ..यसमा मेरो कुनै स्वार्थ छैन मैले तिमि बाट केहि अपेक्षा गरेको छैन ................यति भने मलाई अनुमति देउ ....यस्को अर्थ तिम्रो जिन्दगी लाई असजिलो तात्पर्य होइन म तिम्रो हरेक निर्णय अनि चाहना को सम्मान गर्न चाहन्छु ........अनि तिम्रो सफल अनि सुखी जीवन को लागि सुभकामना रहने छ सधै ......यो बिच मा जुन घटनाक्रमहरु मेरो सामुने आए मेरो यसले मलाई र मेरो मुटु लाई हजार टुक्रा भए , मैले मेरो जीवन छताछुल्ल भएको पाए झै सम्म पनि आफैलाई समेट्न सकेको छैन न सक्छु नै . तिमि यस घटनाक्रम को प्रमुख पात्र भएर पनि तिम्लाई घृणा गर्न नसक्नु मेरो कमजोरी हो या कुनै अर्को कुरा यसलाई तिमि जे नाम दिन सक्छौ यसले तिम्लाई अलि असजिलो बानौछ कि भन्ने डर छ मलाई कता कता .....त्यसको लागि मलाई माफ गर . तर तिम्लाई माया भने गरिरहन चाहन्छु तर कुना उपाय अनि माध्यम ले मलाई थाहा छैन जसले तिम्लाई असजिलो बनाउने आशय पनि होइन कदाचित होइन ......
मलाई थाह छ मेरो पक्ष र तरिकाहरु गलत छन . माया र युद्धमा केहि गलत हुन्न भन्ने उक्ति आज मेरो मा आएर चरितार्थ भएको छ यो मेरो लागि माया पनि हो अनि युद्ध पनि तर फरक यति मात्र हो कि युद्ध अरु संग हुन्छ तर मेरो युद्ध आफै संग छ ....अनि यो पनि सत्य हो यो आफै संग को युद्ध मा सधै मेरो हार भएको छ ....अनि हार पछि पनि आफै संग को यो युद्ध निरन्तर छ अनि अविरल पनि . यो युद्ध को अन्त्य सायद यो एक मुठी सास को अवकास पछि मात्र हुन्छ त्यो पनि मित्यु संग को हार संगै. थाहा छैन यो सास ले कहिले सम्म साथ दिन्छ . मान्छेहरु धेरै बाँच्ने कामना गर्छन तर मलाई मेरो जीवन सजाय भएको छ, मलाई आफ्नै सास ले पोलिदिन्छ ,यो छटपटी , यो कहिले नटुंगिने पर्खाई अनि यो पिडा सहन नसकिने हुन्छ कहिले काही यसबाट म उन्मुक्ति खोजिरहन्छु तर सधै असफल . कामना गर यो सासको डोरी चाडै चुडीयोस अनि म मुक्त हुन सकु यो सजाय बाट .....हुन त ढिलो चाडो यो इच्छा पनि पुरा होला मेरो तर यो तिमि प्रति को माया को अभिव्यक्ति, माया को चिनो हरु सधै लाई यो फेशबुक अनि इमेल का भित्ता हरुमा,, मेरो कम्पुटर को फोल्डर हरुमा रहने छन् पछि सम्म. मलाई लाग्छ यसले पकै पनि तिमीलाई जिस्कौदैन होला किन भने यी मेरा पक्ष हरु हून .......अनि गलत पनि तर तिम्लाई हानी नगर्ने खाल का .
Dear........ जिन्दगि मा तिमि संग मेरो धेरै नभए पनि केहि गुनासो हरु भने पक्कै छन् नै त्यो भने के भने तिमि ले मलाई केवल बिकल्प को रुप मा उपयोग गरयौ , तिमीले बाटो बदलिने निर्णय लियौ मलाई स्पस्ट नगरी, मलाई नसंझाई अनि जुन गलत तरिकाहरु अपनाईए मेरो चरित्र हत्या गरियो , मेरो आत्मा सम्मान लाई धुजा धुजा बनाएयो अरुको हाथ बाट यसले मेरो मुटु छिया छिया भएको छ यसले मलाई दिन रात चिथोर्ने गर्छ अनि म संग एउटै बिकल्प रहन्न . म संग तिमीले दिएका केहि उपहार हरु छन् अनि त्यो उपहार को पनि गलत अर्थ निकालियो त्यसैले बारम्बार तिम्रो उपहार को मूल्य को कुरा गर्छु . हो तिम्रो केहि उपहार हरु मैले ग्रहण गरे तर मैले तिम्रो हाथ मा आफुलाई बेचेको होइन हो मैले तिम्लाई केहि मागे कै हो यस्को मलाई आवस्यकता थिएन तिम्ले पठाएका चिज किन्ने औकात त म संग पनि थियो तर यस्को पछाडी पनि खास कारण थियो त्यो तिमीलाई आज स्पस्ट भन्न चाहन्छु त्यो के भने म माथि तिम्रो कति को विश्वास छ कि छैन ? यदि तिमीले दियौ भने तिमीले विश्वास गर्छौ भन्ने सोच मेरो थियो तिमि ले दियौ पनि अनि तिम्रो म माथि विश्वास रैछ भन्ने मलाई लाग्यो ...........जे होस् मैले तिमि बाट केहि लिएको छु त्यो सत्य नै हो तर मैले लिने उद्देश्य माथि उल्लेखित कुरा हून तर यसकै अर्कै नाम ले परिभाषित गरियो अनि मलाई घिन लाग्दो आछेप लगाइयो यसले मेरो मुटु छिया छिया भएको छ दुखेको घाऊ अझै दुखेको छ अनि यो ऋण को बोझ ले मलाई हरपल थिची रहन्छ मलाई हरपल जिस्काउछ किन भने तिमीले दिएका उपहार हरु हरपल मेरो आश पासमा छन् मलाई छुदै त्यसैले म यसबाट उन्मुक्त हुन चाहन्छु . तिम्रो ऋण नतिरी कतै मरे भने मेरो नर्क मा बास हुन्छ . मलाई यस बाट उमुक्ति देउ मेरो माया को उपहास नउडाउ मैले आफैलाई बेचेको होइन Dear.....मैले आफैलाई बेचेको होइन . तिमि ले मलाई माया नगरे पनि मेरो माया को यति मान राख . तिम्रो सामान को मूल्य म चुकाउछु तर तिम्रा उपहार हरु सधै म संग रहने छन् तिम्रो चिनो बनेर .....तर म माथि यति उपकार गर यो मेरो तिमि संग बिनम्र अनुरोध अनि बिन्ति छ ...................मलाई विश्वास छ पक्कै पनि यसलाई मनन गर्ने छौ .........अनि आगामी दिन मा तिम्लाई पबित्र माया गर्न सकु यसले मेरो माया लाई धमिल्याएको छ त्यसैले यो काम भने तिम्ले गर्नै पर्छ अनि विश्वास छ गर्छौ पनि ...
यसैगरी मेरो जिन्दगी को अविरल यात्रा चलेको छ बिना गन्तब्य . तिम्रा आफ्नो धेरै बिकल्प हरु छन् तर म निर्विकल्प या संसार को भिड म एक्लो ,निरिह अनि गन्तव्यहीन . आज सम्म तिमि धेरै अगाडी बढे पनि म त्यहि नै उभिएको छु जहाँ तिमीले छोडेर गएको थियौ त्यहि माया अनि त्यहि भावना लाई मुटुमा संगालेर थाहा छैन यो गन्तव्यहीन यात्रा कति लामो छ अनि यो भावना को अवसान कहिले हुन्छ सम्भावत: मित्यु बिना यो भावना पनि मर्ने छैन १ नटुंगिने पर्खाई लिएर हिडिरहने छु . पाउनु गुमाउनु त भाग्य को खेल रैछ मेरो जीवन यस्तै भयो तर तिमीलाई सुभकामन छ तिम्रो सुखद जीवन को लागि ........
उही तिम्रो मन नपराएको मान्छे ..........
kasto ramailo patra rahe6...padda kheri anautho anuvuti lagyo.... sacchinai tyo gothaloko dina ko yaad aauna pugyo....
ReplyDeleteमुटु छुने पत्र रहेछ ।
ReplyDeleteकता व्यस्त हो अचेल ? यस्तै मिठो रचना अव कहिले पढ्न पाइने हो ?
ReplyDeleteराम्रो भन्नु भएको मा धन्यबाद . यो मेरो पहलो प्रयास भएका ले केहि त्रुटिहरु छन् अनि यसको नाम मैले १ राखनु को अर्थ पकै पनि यसका सृंखलाहरु छन् भन्ने बुझ्नु होला ...............................
ReplyDelete