Tuesday, October 15, 2013

दशा लिएर आएको दशै

       मान्छेहरु भन्छन जिन्दगीमा खुसी हुनु छ भने आफू भित्र को बालक लाई मर्न दिनु हुन्न रे . हुन  पनि होला नै . बिगत का केहि  बर्षको आफ्नो अनुभव ले पनि यसै भन्छ चाड पर्ब उत्सब अनि अन्य क्रियाकलापहरु सम्झदा कि त यी सबै बाध्यता जस्तो लाग्यो कि त केटा केटि को लागि जस्तो लाग्यो . के यो केवल उमेर को कारण ले होला त ? आफैलाई सोधी रहन्छु यदि त्यस्तो हुदो हो भने बढी उमेरका रसिक अनि रमाइलो मान्छे हरु पनि धेरै भेटिन्छन . आखिर मा रमाइलो जिन्दगी बनाउने सुत्र के त ? के जीवन सैली ले गर्दा हो . कहिले उमेरको बहाना मा कहिले बिफुर्सदी को त कहिले जिम्मेदारी को बहाना मा जिन्दगी को उर्जा अनि रमाइलोपन निमोठ्नु जिन्दगी जिउन नजाने को हो त ? आखिर खुसि अनि रमाइलो के मा छ ? यदि पैसा अनि धन सम्पति मा रमाइलो खोज्ने हो भने त्यस्ता धनि अनि दुखि हरु पनि धेरै भेटिन्छन . बिहे गरेर या नगरेर दुखि हुने पनि धेरै छन् , सन्तान हुदा अनि नहुदा को पिडा पनि देखिन्छ आखिर मान्छे के मा खुसि खोज्छ के खुसि खोज्छ ? अचम्म लाग्छ …….

         प्रसंग यो दसैँ को . हर साल जस्तै आफ्नो मिति तिथि मा दसैँ आयो गयो यो दसैँ मा रमाइलो नहुने नमनाउने आफ्नो कयौं बहाना निस्के अब चाहियो के, १ आफ्नो हात को चोट अनि दाहिने हात ले खान नहुने , आर्को भाई बहिना पुर्खौली घर गएको बाहाना , गाउमा नजिक का आफन्त बित्ना ले टिका नागौन नहुने अनि त्यो माथि पानि को लगातार बर्सात को छम छम …..कुन्त कि बुहारी भटमास खाकी …..यो दसैँ दसा नै लिएर आएको जस्तो …एक कुना मा आफुलाई बन्द गरेर कैदी झैँ लाग्यो आफुलाई . सधै सुभकामन दिन नछुटाउने साथी हरु लाई पनि सुभकामन दिन जागर चलेन जसले सुभकामना दिए उनीहरुलाई जवाफ फर्काउन पनि अल्छि लाग्यो तर यो कैदी जीवन मा फेशबुक ले भने खुब साथ दियो देब्रे हात ले जानी नजानी फेशबुक भने चलाइयो …..आखिर म आफैलाई किन कैदी बनाउदै छु आफैलाई प्रश्न गर्छु कयौं पटक तर अनुत्तरित यी मेरा प्रश्न आफैलाई दोहोरौछु जस्ताको तस्तै फिर्ता आउछ हरेक पल्ट हरेक उत्सब साथ ऋतु अनि मिति को परिवर्तन पछि पनि यो एकनासे अपरिवर्तनीय मनोदशा ……अनि जिन्दगी को भोगाई अचम्म लाग्छ यो आफै भित्र को कैदी मन लाई देखेर ……छक्क छु ……

Monday, June 24, 2013

आफैलाई खोज्दा

आशा को किरण बिस्तारै बिलौदै जान्छन गोधुली साझा संगै ,
अन्धकार संगै निदौछांन गन्तब्य नटेक्दै ,
अनि पुनः बिहानी म आफैलाई खोज्छु यो संसार को भिड मा ,
तर म आफै लाई नै चिन्न सक्दिन को हु म ,
अनि बिस्तारै दिन छिप्पिदै जान्छ अनि मान्छे को भिड अझ बाक्लिदै जादा ,
झन् म यो भिड मा आफुलाई चिन्न गार्हो हुन्छ ,
अनि आफैलाई कहिँ पौदिना ,
फेरी साझ पर्छ ,
पुनः यहि कथा दोहोरिन्छ ,
यो मेरो अविरल प्रयास को कुनै गन्तब्य छैन ,
केवल चली रहन्छ 
अनि चली रहन्छ 

एक कहानी को अवसान



आज एउटा कहानी को अन्त्य गरे मैले 
आज एउटा भ्रम लाई तोडे मैले ,
म कुनै सपना मा बचेको रहेछु ,
यो बास्तबिकता लाई जाने मैले .

कुहिरो मा तस्बिर बनाएर 
बास्तबिकता को घर बनाउन खोजे मैले
मैले देखेको महल तास कोइ रैहेछा 
सानो हुरीले भत्काई दिने .
बालुवाको घर बनायेचु मैले
सपना को एउटा छाल ले बगैदिने 


विश्वास मा परे छु म त 
झुटो लाई साचो माने छु म 
हर सब्द जाल सरि बनेछ 
यहि बब्दजल मा फसेछु म

झुट को खेति

झुट को खेत मा रोपिएको 
भ्रम को फसल 
टिप्न नाजऊ है 
पासो थपिएको छ साथी

नमरी कसैले स्वर्ग देख्दैन 
मैले नमरी नर्क मा बाचेको छु साथी 
आफैले नभोग यो दुख 
सुन्नु सबैको तिमीले 
यो नगरी मैले आज दुख साचेको छु साथी

Saturday, June 22, 2013

श्रुति संवेग मा सुनेका २ गद्य

एक साता पछि बल्ल २ वटा उपन्यास सुनी सिध्याए श्रुति संवेग मा " दरबार बाहिर कि महारानी र अन्तरमन को यात्रा .....


      दरबार बाहिर को महारानी त मैले नामै नसुनेको उपन्यास परेछ ऐतिहासिक बिषय को उठान दरबार भित्र को घटना अनि पात्र भएका ले  सर्बसाधारण ले छ्वास चुस्स सुनेका पात्र का रहस्योत्घटन . नया रहस्य थाहा पाउदा पाठक मन मा उत्सुकता हुनु स्वभाविकनै हुन्छ जुन अन्त्य सम्म रहन्छ र अझ बढी जान्ने उत्सुकता हुदा हुदै कथाबस्तु को अन्त्य ले मान्छे को मन मा कौतुहलता थप्छ अनि नमज्जा पनि लाग्दो रैछ उपन्यास ले अझै नया कालखण्ड लाई पनि थपेको भए राम्रै हुने जे होस् अपत्यारिलो ढंग ले राम्रो लाग्यो यो उपन्यास जुन आदरणीय गुरु Govinda Raj Bhattarai  सर को भूमिका लेखन भएको ले गर्दा सुन्न सुरु गरेको उपन्यास मा केहि काल्पनिकता पनि पाए अनि भाषा सैलीको अनि सम्बाद को हिसाब ले  साधारण जनजाती महिला ले बोल्ने खालको छैन त्यो अलि बनावटी लाग्छ अरु त रमाइलो रैछ ...




अर्को आदरणीय Jagdish Ghimire ज्यु को आत्मालाप अन्तर्मन को यात्रा . हुन त यो पुस्तक मैले १ वर्ष पहिले नै किनेर राखे पनि समय संयोग ले पढ्न नपाएको ले थन्किएर बसेको थियो . यो पुस्तक किन्नु पछाडी को कारण क थियो भने मैले श्रुति संवेग को पहिलो एपिसोड सुन्दा लेखक महोदय को क्यान्सर सम्बन्धि भोगाई सुने अनि भर्खरै आफ्नो आमा पनि क्यान्सर बाट पिडित हुनु भएको ले किनु किनु लाग्यो तर त्यतिकै थान्को लगाएर राखेको ले अलि नमज्जा लागेको थियो त्यसैले श्रुति संवेग बाट नै सुन्ने निधो अनुसार सुनी भ्याए तर मैले सोचे जस्तो पयिना लेखक को पृष्ठभूमि थाहा नपाएर यस्तो भएको हुन सक्छ यसले छोएको बिसय भनेको क्यान्सर अनि त्यसको पिडा जसले आफ्नो घरमा पनि प्रवेश पाइसकेको छ त्यो महारोग ले .यो उपन्यास साहित्य प्रेमी लाई भन्दा नि सामाजिक बिकाश मा लागेका सामाजिक कार्यकर्ता को लागि प्रेरणा को स्रोत छ यो तिनी बिषय बस्तु रोग , राजनीति अनि सामाजिक बिकामा लेखक महोदय को भोगाई को सेरोफेरो मा मा घुमेको बिषय बस्तु ठिकै लाग्यो आत्मालाप को अन्त्य को बिषयबस्तु अलि भड्किए जस्तो लाग्यो .......यो मेरो मुर्ख सोचाई हो आदरणीय गुरु तथा लेखक ज्यु हरु नरिसाई दिनु होला यो मेरो व्यक्तिगत मुल्यांकन हो ....

Tuesday, February 12, 2013

एउटा बेनाम पत्र .............२























 

dear............
आज फेरी तिमीलाई सम्झे हुन त बिर्सेको नै  कहाँ छ र अनि बिर्सनु पनि कसरि ? तिमीले दिएको झुटो माया को आस्वासन  लाई पनि साचो सम्झेर स्विकारे अनि तिमिले दिएको घाऊ लाइ पनि तिम्रो चिनो सम्झेर सम्हालेर राखेको छु नै . तर आज को तिमि प्रतिको सम्झाई अलि बिषेस सन्दर्भ मा छ त्यो हो प्रणय दिवस (valentine's Day) . 
      तिमि संग भेटेको पनि आधा दशक भयो . तिमि संग भेटे पछि को हरेक वर्ष को यो दिन लाई मैले एउटा उत्सब को रुपमा लिए मलाई थाहा छ यो दिन तिम्रो लागि कुनै अर्थ राख्दैन थियो तर पनि मैले यसै भ्रम मा बाच्न चाहे आफैलाई झुक्याएर  अब त झन् समय अनि परिस्थिति बदलिसकेको छ त्यसैले थाहा छ तिमि भोलि ब्यस्त छौ तिमीलाई फुर्सद नहोला किन भने  प्रणय दिवस हो घुम्न जान्छौ होला आफ्नो मान्छे संग हामी त बाहिर को मान्छे . तिम्रो तर्फ बाट म प्रति यस्को कुनै अर्थ नहोला तर मेरो लागि  यसको धेरै अर्थ लाग्छ ...यसैको सेरोफेरो मा जिन्दगी घुमेको छ . जे होश मेरो जिन्दगीमा जे भए पनि यो सुभ अवसरमा यहि सुभकामना छ सधै साचो माया पाउनु अनि साचो माया गर्नु मेरो भाग को माया पनि तिमीले पाउनु अनि दिनु तिमीले माया को लागि कहिले तड्पिनु नपरोश म जस्तो ....सायद मैले अन्जान मा कसैको माया को अपमान गरेको थिए होला अन्जानमा कसैको चित्त दुखाएको थिए होला त्यसैले आज मैले यो दिन देख्नु पर्यो . यसो बाहिर बाट हेर्दा सबै पुरा देखिए पनि केवल आत्मा बिना को खोक्रो सरीर लिएर बाचेको छु ....सायद मैले यो आत्मालाई अन्तै जिम्मा लगाएको छु ...सुन्दा कहानी जस्तो लागे पनि यो बास्तबिकता संग मैले बाच्नु परेको छ . जे होस् बाच्नु त छ नै जिन्दगी सजाय नै किन नहोश मैले आफुलाई तिम्रो सम्झना को बन्दी बनाएको छु कहिले नउम्किने . तिमिलाई या जो कोहि लाई पनि मेरा यी कुराहरु वाहियात लाग्न सक्छन केहि हद सम्म सहि पनि हो म तिम्रो ठाउँ मा भएको भए म पनि यहि सोच्थे तर मैले बुझेर पनि बुझ पचाएको छु मैले आफैलाई ढाटेको छु .......सायद मेरो यो अबुझाई ले तिम्लाई असजिलो पनि बनाएको छ होला किन भने आजकल समय संगै  म अलि स्वार्थी भैदिएको  छु मलाई जे मा खुसि लाग्छ त्यहि गर्दै आएको छु तिम्लाई असजिलो बनाएर यस्को लागि म तिमि संग माफी माग्छु , जे होश जे भने पनि भोलि को दिन को पहिलो सुरुवात तिम्रो बोलि सुनेर सुरु होशभन्ने मेरो चाहना छ बिगत ४/५ वर्ष यता मैले तिम्रोबोलि नसुनी यो दिन सुरु गरेको छैन तिम्ले नगरे पनि मैले गरेको छु तर परिस्थिति आज त्यस्तो छैन आज त मैले केवल आश मात्र गर्न सक्छु अनि पर्खाई त हो मेरो जिन्दगी को पर्याय नै पर्खाई भनेको छ कहिले नटुंगिने पर्खाई अनि पर्खाई . तिमि कल गर्दिनौ भन्ने थाहा पाएर पनि मेरो पर्खिने बानी को सेरोफेरो मा यो जिन्दगी चलेको . .....मलाई थाहा छ तिमि ब्यस्त छौ अनि धेरै जिम्मेदारी बाट थिचिएको छौ म भनेको त केवल निमन्त्रणा नदि आउने पाहुना मात्र त हो हो ....तर पनि यी सबै बुझाई हरु तिम्रो सम्झना , तिम्रो उपस्थिति को अपेक्षा अनि यो गन्तव्यहीन मायामा आएर टुंगिन्छ कहिले काही सोच्छु म मेरो सम्झना शक्ति गए पनि हुन्त्यो ति अतितका सबै कुराहरु नामेट हुने गरि , कहिले सोच्छु यो महसुस गर्ने मुटु पनि बदलिन पाए हुन्थ्यो , हिले सोच्छु यो सरीरमा पनि कप्युटर को कि बोर्ड मा भए जस्तै डिलिट बटम भए हुन्थ्यो दिमाग मा भएका अनावस्यक कुराहरु फाल्न हुन्थ्यो तर यी सबै कल्पना मात्र हुन्छन म आफैलाई सम्हाल्न सक्दिन पागल हुन्छु ............... तिम्लाई यस्ता वाहियात कुरा सुन्न पनि समय छैन मलाई यो पनि थाहा छ तर यसै गरि दिन गनेर र दिन ,महिना, साल मैले बिताएको छु सायद मेरो जिन्दगी को नियति नै पर्खाई हो यसमा तिम्रो कुनै दोश पनि छैन म संग तिम्रो कुनै प्रतिबद्ता पनि छैन यो दोश केवल मेरो हो बास्तव मा किन भने यसमा तिम्रो होइन मेरो स्वार्थ छ यहि परिकल्पना भित्र मैले बाच्न र आफैलाई बचाउन खोजेको छु . अनि मैले अलिकति पनि मेरो सास लाई चलाउन खोजेको छु . केहि हद सम्म मैले आफ्नो सीमारेखा लाई पनि नाघेको छु सायद यसले तिमीलाई नराम्रो तुल्याएको पनि हुन सक्छ यो पनि मानवीय गुण भन या अवगुण.  यो सिलसिला दिर्घकालिन छैन भन्ने कुरा पनि मलाई थाहा छ तर पनि मैले यो सम्बन्ध लाई मैले गरेको चोखो माया को दावालाई मैले आफै धमिल्यौना खोजेको छु यस्को हेक्का छ मलाई  .......हुन त म संग सम्बन्ध राख्नै पर्ने बाध्यता छैन तिमीलाई अनि केहि समय पछि यो समाप्त पनि हुन्छ परिस्थितिका साथ अनि यसले तिम्लाई केहि फरक पनि पार्दैन यो कुरा तिमीले मौखिक अनि लिखित रुपले व्यक्त पनि पहिले गरिसके को छौ अनि व्यवहार ले पनि देखाई सकेका छौ ....तर पनि मन ले मान्दैन म त केवल तिम्रो दया को पात्र बनेको छु संसार भरि बाडेर केहि बाकी रहे पछि तिम्रो दया को १ मुठी समय यता पनि खुल्छ कि भन्ने आशा लागिरहन्छ आखा खुल्ने बितिकै अरु केहि नगरी हरेक पल मोवाइल हेर्नु , मेस्सेज हेर्नु  मेरो दिनचर्या भएको छ म यसैगरी चलेको छु मेरो सास यसैगरी चलेको छ अनि यो दिर्घकालिन छैन तर पनि यो पर्खाई अनि यो छटपटी मा मैले बाच्न चाहे. यसलाई मेरो नियति भन ,मेरो लेखान्त भन ,  मेरो भाग्य भन या मेरो इच्छा जे नाम देउ यो भने कटु सत्य नाइँ हो मेरो जीवन मेरो दिनचर्या तिम्रो दया मा चलेको छ . मलाई थाहा छ तिमि प्रतिको मेरो यो अपेक्षा ले  तिम्रो परिवार प्रतिको इमान्दारी अनि तिम्रो परिवार प्रति को निष्ठा बाट अलिकति खोस्ने दुसाहस गरेको छ..यसको लागि मा माफी चाहन्छु .................लत आज लाई बिदा भोलि को दिन सुभ रहोस् तिम्रो लागि मेरो तर्फ बाट धेरै धेरै माया जुन माया को तिम्लाई आवस्यकता छैन  ......जे भए पनि यो मेरो पक्ष हो ....अनि मेरो चाहना . ल  आजलाई बिदा .

.........उही तिमीलाई मन नपरेको मान्छे